देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस

देशान्तर

काठमाडौं । आज अन्तराष्ट्रिय नागरिक उड्ययन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । सन १९०३ डिसेम्बर ७ तारिकका दिन अमेरिकी नागरिक राइट ब्रर्दसले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाईने गरिन्छ ।

सन् १९९४ मा अन्तराष्ट्रिय नागरीक उड्ययन संस्थाको ५० औं वार्षिकोत्सवको अवसरमा दिवस मनाउन शुरु गरिएको हो । पछी संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तराष्ट्रिय नागरीक उड्ययन दिवसका रुपमा मान्यता दिएको हो । सन् १९५७ मा नेपालमा नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको हो ।