देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीमा छोराले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या

देशान्तर

काठमाण्डौं । कैलालीमा एक युवकले चिर्पटले हानेर आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका छन्। लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षीय जहरसिंह चौधरीले शुक्रबार बिहान काठको चिर्पटले हानेर ५५ वर्षीय बुवा चंख चौधरी र करीब ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ।

चौधरीले हानेको चिर्पटले लागेर उनकी आमा ५० वर्षीया आमा दिलबहादी देबी चौधरी घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। हत्याको कारण भने खुल्न सकेको छैन। बुवा र ठूलोबुवाको हत्या गर्ने जहरसिंहलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेर थप अनुसन्धान थालेको छ। उनको मानसिक सन्तुलन ठीक नरहेको गाउँलेहरुले जानकारी दिएका छन् ।

घटना भएको कोठामा मदिरा पनि भेटिएको प्रहरीले जनाएको छ ।