सिरहा । सिरहाको लहान नगरपालिका ४ बाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रञ्जित यादवको घरमा २ थान कटुवा पेस्तोल, गोली र लागुऔषध बरामद भएपछि शंकास्पद दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन । गोप्य सुचनाका आधारमा यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइ राखेको पेस्तोल, गोली तथा विभिन्न प्रकारका लागुऔषध समेत बरामद भएको ईलाका प्रहरी कार्यालय लहानका सई राजेश थापाले बताउनुभयो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइइहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया