देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महासचिव शाहीको प्रश्नः “कांग्रेस रहेत गुट बनाउँला कांग्रेस नै नरहे के गर्छौ महोदय” ?

देशान्तर

काठमाडौं। नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा भइरहेको विधान मस्यौदा माथिको छलफल नेताहरु आ–आफ्ना गुटलाई कसरी शक्तिशाली बनाउँने तर्फ मात्र केन्द्रीत भएको दावी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले पार्टी नेतृृत्व प्रति पहिला गुट जोगाउने कि कांग्रेस जोगाउने हो ? भन्दै गम्भीर प्रश्न गरेका छन् । शाहीले जुनसुकै बाहानामा आफू र आफ्नो गुट जोगाउने बाहेक कसैले पनि पार्टी जोगाउनका तर्फ ध्यान नदिएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘आजको खाँचो भनेको कांग्रेसमा बृहत भाबनात्मक एकता र अधिक्तम सहमतिमा पार्टी संचालन गर्नुको विकल्प छैन्, न रह्यो बाँस न रह्यो बाँसुरी भन्या जस्तो कांग्रेस नै नरहे गुट मात्र बाँकी रहेर के अर्थ होला र ?’ उनले पार्टी गुट र उपगुटले एकदिन सबैको सर्वनास बाहेक अरु केही नहुने दावी गरेका छन् ।