देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै शेयर लगानीकर्ताले थाले आमरण अनसन

देशान्तर

काठमाडौं – शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् ।

शेयर बजार सुधार र विस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्च कार्यालयको मूल गेटमै सोमबारबाट शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो ।

शेयर लगानीकर्ताको तर्फबाट आमरण अनसन सुरु गर्नु भएका सेयर लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्नु भएको छ । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्धारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्तिसमेत जनाएका छन्। मुद्रा र पूँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा गठित उच्च स्तरीय अध्ययन समितिले यसै साता प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । तर शेयर लगानीकर्ताहरुलेसमितिले पेश गर्ने प्रतिवेदनले आफूहरुको समस्या समाधान गर्न नसक्ने दावी पनि गरेका छन ।

शेयर लगानीकर्ताहरुबाट कर असुलीमा समेत वृद्धि गरेपछि लगानीकर्ताहरु सरकारसँग आक्रोशित भएका हुन्