देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हजयात्राका लागि साउदीको मक्का मदिना जान आवेदन खुल्यो

देशान्तर

काठमाडौं । आगामी (२०७६ साल) बर्ष साउदी अरवको मक्का मदिनामा हज गर्न जाने नेपाली समुदायका मुसलमानहरुले आगामी पुष २३ गतेभित्र आवेदन दिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै सो मितिभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यलयमा रितपुर्वक आवेदन दिइसक्न भनेको छ ।

नेपाल हज समिति सचिवालयले सुचना प्रकाशित गरी मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हजयात्रामा जान चाहाने हजयात्रीका लागि आवेदन दिन मिति तय गरिएको हो ।

साथै सुचनामा २०१८ मा हज गर्न जान नपाएका हजयात्रीलाई प्राथमिकतामा राखी बाँकी आवेदनहरुमध्ये पहिले आवेदन दिनेलाई दोस्रो प्राथमिकता दिइने उल्लेख छ ।

समितिले आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु एकप्रति नागरिकताको प्रतिलिपी,सक्कल राहदानीसहित लाग्ने खर्च एक लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने जनाएको छ ।