काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा। तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो ।
अख्तियारले रावल, पौडेल र पाँडे विरुद्ध ९१ लाख रुपैयाँको दरले झण्डै साढे २ करोड रुपैयाँभन्दा बढी बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो उनीहरुविरुद्ध नोट छपाईमा अष्ट्रेलीयासँग गैरकानुनी मिलेमतो गरेको, गुणस्तरहीन नोट छपाई भएको, छपाईमा भएको कमीकमजोरी लुकाउन पत्रकारलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको लगायत आरोप लागेका छन् ।





प्रतिक्रिया