काठमाडौँ । नेपाल विद्यार्थी संघको संयोजमा सुरु भएको ‘ह्याजटग मास्क मुभमेन्ट’का अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । काठमाण्डौ उपत्यकामा बढिरहेको प्रदुषण न्युनिकरणमा स्थानिय सरकार उदासिन बनेकाले सरकारलाई सचेत गराउन अभियान सुरु गरेको अभियानका संयोजक नवराज त्रिपाठीले बताए ।
स्थानिय सरकारले जनताले स्वच्छ वातावरणमा श्वास फेर्न पाउने अधिकार हनन् हुँदा समेत प्रदुषण न्युनिकरणकालागि ठोस कदम नचालेको संघका केन्द्रिय सदस्य समेत रहेका त्रिपाठीको आरोप छ ।
प्रदर्शनिमार्गबाट शुरु भएको ¥यालीमा हजारौ विद्यार्थीसहित काठमाडौ महानगरपालीका पुगेर सभामा परिणत भएको थियो । काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउने भनियतापनि कार्यक्रममा शाक्य उपस्थित नभएपछि उनीहरुले महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्यसपछि नेविसंघका माहामन्त्री कुन्दनराज काफ्लेले उपमेयर खड्गीलाई बाच्न दे सरकार भनेर लेखिएको मास्क लगाइदिएका थिए ।
ज्ञापनपत्र बुझ्दै खड्गीले देशको समस्यामा युवाहरुको चासोले आफुलाई उर्जा थपेको बताईन् । आफुहरुबाट हुने गल्ति कमीकमजोरीमा युवाहरुले सचेत गराउँदा सँधै सहि बाटो पहिल्याउन सहज हुने प्रतिक्रिया दिइन् ।
कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदी, अभियान्ताहरु गोपी सिवाकोटी,जानुका पन्त, हरि आचार्य, अमृत ज्ञवाली,मनिष सिम्खडा रञ्जनहरी काफ्लेलगायत विभिन्न क्याम्पसबाट आएका सयौं विद्यार्थी मास्क लगाएर उपस्थित भएका थिए । अभियान्ताहरुले उपमेयर खड्गीलाई मास्क लगाएर ज्ञापनपत्र दिएका थिए ।





प्रतिक्रिया