काठमाडौँ । प्रथमराष्ट्रपति डा रामवरण यादवले नयाँ संविधानले नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने बताएका छन ।
दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५ को गोरखा सदरमुकाममा उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले संविधानलाई सही ढङ्गले कार्यान्वयन गर्नसके देशले मुहार फेर्ने बताउदै संविधान समृद्ध नेपाल निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास पनि व्यक्त गरेका छन ।
गणतान्त्रिक संविधान, लोकतान्त्रिक संविधान, समावेशी संविधान र धर्मनिरपेक्ष संविधान आएको भन्दै उहाँले यो संविधानले सबै नेपाली जनतालाई एउटै मालामा उनेर एकताको सूत्रमा बाँध्न सफल भएको बताए ।
अहिले पनि मधेशवादी र पूर्वमाओवादीबाट विभाजित भएका केही दलले संविधानमा असन्तुष्टि जनाउँदै आएको भन्दै यादवले सरकारले उनीहरुलाई वार्ता र छलफलमार्फत राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन ।
परिवर्तनका हिसाबले देश अहिले ऐतिहासिक घडीमा रहेको छ भन्दै प्रथमराष्ट्रपति यादवले ८० वर्ष लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई कसरी बचाएर लैजाने भन्ने जिम्मा वर्तमान सरकार र राजनीतिक दलको काँधमा आएको बताए अहिले हिमाल, पहाड र मधेशका जनता मिलेर देश विकासमा लाग्नुपर्ने भन्दै उनले संविधानको पूर्ण कार्यन्वयन भएको यसले देशको सुन्दर भविश्य बोकेको दावी गरे ।





प्रतिक्रिया