काठमाडौँ । सरकारको मुख्य सचिव परिवर्तनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैले गृहकार्य सुरु गरेका छन । धेरै जसो सचिवहरु मन्त्रीहरुको व्यावहारवाट अहिले असन्तुष्ट देखिएपछि प्रधानमन्त्री ओलीले आफैले सचिवहरुको सरुवाको लिस्ट बनाइरहेका छन् ।
ओलीले कति सचिवलाई केन्द्रभन्दा बाहिर पठाउने, कसलाई कुन मन्त्रालयमा लाने र कसलाई कुन देशको राजदुत बनाएर पठाउने भन्ने गृहकार्य गरिरहेको प्रधानमन्त्रीको निजि सचिवालय स्रोतले देशान्तरलाई जानकारी दिएको छ । अहिले अन्तर मन्त्रालयमा हुने सचिवहरुको सरुवाको लिस्ट बनाउन सुरु गरिएको छ ।
उच्च स्रोतहरुका अनुसार वर्तमान सरकारले मुख्यसचिवबाट जिम्मेवारी हेरफेर सुरु गर्ने तयारीलाई प्राथमिकतामा राखेर सचिवहरुको सरुवाको लिस्ट बनाइरहेको छ । प्रधानमन्त्री ओली अहिलेका मुख्य सचिव लोकदर्शन रेग्मीलाई क्यानडाका लागि राजदुत बनाएर पठाउने र मुख्य सचिवमा हालका गृहसचिव प्रेमकुमार राईलाई ल्याउने तयारीमा लागेका छन ।
उनले रेग्मीलाई राजदुतको लागि तयारी भएर बस्न निर्देशन समेत जारी गरिसकेका छन । हाल गृहसचिवको रुपमा रहेका राइलाई मुख्य सचिव बनाउदा पार्टी पनि मिल्ने र काम गर्न प्रधानमन्त्रीलाई सजिलो हुने अनुमान ओलीले गरेका छन । प्रमकुमार राइलाई मुख्य सचिवमा ल्याएपछि राईकै विश्वासका आधारमा अन्य सचिवहरुलाई प्रधानमन्त्री कार्यलयमा तान्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री कार्यलयको सचिवको रुपमा ओलीले हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका महेश्वर न्यौपानेलाई ल्याउने तयारी गरेका छन । अख्तियारमा रहेका न्यौपानेसहित पर्यटन सचिव कृष्ण देवकोटा र संघीय मामिला सचिव दिनेशकुमार थपलिया पनि अहिले मुख्य सचिवका दाबेदार रहेका छन ।
यीनीहरुलाई प्रधानमन्त्री कार्यलयमा तानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संञ्चारमा रहेका महेन्द्रमान गुरुङलाई र पर्यटनका शिशिरकुमार ढुंगानालाई माथिको ठाँउमा पठाउने तयारी पनि रहेको स्रोतले बतायो ।
प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र प्रेम राइलाई मुख्य सचिव बनाउँदा मात्र यी सचिवको हेरफेर हुने छ । तर त्यसका लागि राई भन्दा वरिष्ठ मधु रेग्मी र लक्ष्मन मैनालीले अवकास हुनुपर्ने छ । प्रधानमन्त्री ओलीले वरिष्ठता मिच्ने जोखिन नलिंदा यो प्रक्रिया लम्बिने सम्भावना पनि देखिएको छ ।
यता, केहि मन्त्रालयका सचिवहरुले मन्त्रीहरुको आचरण अनुसार काम गर्न समस्या भएको भन्दै अन्यत्र पठाइदिन प्रधानमन्त्री कार्यलयमा केही केहि सचिवहरुले निवेदन पनि दिएका छन । उनिहरुले मन्त्रहरुको व्यवहार प्रधानमन्त्रीको निर्देशन अनुसार काम गर्न कठिन भएको भन्दै मन्त्रालय परिवर्तन को माग गरेका छन भने कतिले समय बाँकिरहदै अवकासमा जान चाहेको पनि बताइएको छ ।
अहिले मन्त्री सचिवका विचमा सवैभन्दा ठूलो टक्कर अर्थमन्त्रालयमा परेको छ । गत वर्ष फागुनमा अर्थमन्त्री भएपछि काँग्रेस निकट मानिने सबै कर्मचारी हटाएर एमाले समर्थित कर्मचारीलाई भेला गराएका अर्थमन्त्री डा युवराज खतिवडा संग बसेर काम गर्न अहिले पहिले एमाले लाई सघाउदै आएका सचिवहरुले पनि असह मनिरहेका छन ।
उनले तत्कालिन समयमा गरेको अर्थभित्रको फेर बदल अहिले खतिवडालाई घाडो सावित हुन थालेको छ । खतिवडाले यसरी फरक आस्थाकका कर्मचारीको सफाइ गरे कि अर्थ जस्तो प्राविधिक मन्त्रालयमा सबैजसो नयाँ आए । अर्थात् पहिले अर्थमा काम गरेका भएपनि निरन्तर काम गरेका प्राय कोही रहेनन् ।
गएको साता राजस्व सचिव शिशिर कुमार ढुंगाना बाहिरिएपछि त निरन्तर अर्थमै काम गरिरहेका बजेट महाशाखा प्रमुख बाहेक अरु कोही पनि रहेका छैनन् । संस्थागत स्मरण कमजोरहुँदा अर्थजस्तो प्राविधिक मन्त्रालयमा काम गर्न कठिन हुने अवस्था सिर्जना भएको कतिपय अधिकारीहरुको भनाइ रहँदै आएको छ । तर अर्थमन्त्रालय अहिले यहि बाध्यत्कमक अवस्था रहेको छ ।
यस्तो अवस्थामा विश्वापात्र मानिएका अर्थसचिव राजन खनालले पनि मन्त्रालय छाड्न चाहेको कुरा प्रधानमन्त्री समक्ष पुर्याएका छन । लामो समय राजस्व प्रशासनमा विताएर राजस्व सचिव भएर काम गरेका उनले एक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव भएर काम गरेका छन ।
धेरै प्रशासकका लागि आकर्षक मानिने त्यसमा राजस्व सेवाकै कर्मचारीहरुका लागि अर्थसचिव सपना जस्तै हो । आखिर त्यही सपुना चुमेका खनालले आफै बाहिरिन खोज्नुले प्रधानमन्त्री समेत चकित परेका छन । अर्थ मामिला बुझेका सहसचिवको अभाव, अस्थिर प्रशासन, अव्यवस्थापन र मन्त्रीको स्वभावकै कारण मन्त्रालयमा उनी अब नबस्ने मनस्थितिमा पुगेको प्रधानमन्त्रीको निजि सचिवालय स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि अर्थमै बसेर विभिन्न महाशाखाको नेतृत्व गरेका सहसचिव जति सबैलाई हटाएर नयाँ ल्याएर टिम बनाए पनि त्यसबाट सोचेजस्तो आउटपुट आउन नसकेको र यही पारामा गए आगामी दिनमा पनि नआउने कुरा खनालले अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत बताइसकेका छन् ।
खनाल मन्त्री खतिवडाको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन् । अर्थशास्त्रको विज्ञ हुँ भन्ने मानसिकताबाट मन्त्री चल्न खोजेकाले आफूलाई कुने पनि स्पेस नदिएको खनालले आफू निकटसँग गुनासो गर्न थालेका छन । उनले एडिबी र बिश्वबैंक जस्ता संस्थाहरु खोजिरहेकाले पनि खनाल अर्थमन्त्री खतिवडासंग बसेर काम गर्ने मनस्थितिमा नभएको बताइएको छ ।
मन्त्रीले सचिवलाई भाउ नदिने सबै काम आफूले नै गर्ने र जान्नेजस्तो व्यवाहरबाट सचिव खनालमात्र होइन अरु सहसचिवहरु पनि रुष्ट बनेका छन् । अर्थमन्त्रीको कार्यशैलीबाट सचिव खनालमात्र होइन अन्य विभागीय प्रमुखहरु पनि असन्तुष्ट बनेपछि प्रधानमन्त्रीओलीलाई राम्र सचिवलाई हाम्रा बनाउनै समस्या परिरहेको छ ।





प्रतिक्रिया