काठमाडौं । संसद्को हिउँदे अधिवेशन यही बुधबारदेखि आरम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन बुधबार दिनको चार बजेका लागि डाकेकी छन् ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सम्बन्धि अध्यादेश–२०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसिदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकमा प्रशासकीय अदालत विधेयक टेबल गरिने पनि कार्यसूची छ । बैठकको आरम्भमा राष्ट्रपति भण्डारीद्वारा अधिवेशन आह्वान गरिएको पत्र वाचन गरेर सुनाइने परम्परा छ ।





प्रतिक्रिया