देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा चिसो बढ्यो, पहाडी जिल्लामा भोलि आंशिक बदली हुने

देशान्तर

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले देशैभर अहिले चिसो बढेको जनाएको छ । बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ७ डिग्री रहेको मौसमविद बरुण पौडेलले बाह्रखरीलाई जानकारी दिए ।

“काठमाडौंमा आज २ डिग्री सेल्सियस न्यूनत तापक्रम रहेको छ,” उनले भने, “पहाडी जिल्लाहरुमा जुम्लामा माइनस ७ डिग्री रहेको छ भने मनाङमा माइनस १४ सम्म पुगेको थियो ।”

उनका अनुसार काठमाडौंमा अझै चिसो बढ्न सक्ने सम्भावना छ । “अघिल्लो वर्ष शून्य डिग्रीसम्म पुगेको थियो । यो वर्ष पनि पुग्न सक्ने अनुमान गरिएको छ । राति आकाशमा बादल नभएको हुनाले पछिल्लो दिनमा अलि बढी चिसो भएको हो,” उनले भने ।

अहिले हिमपातको कुनै सम्भावना नदेखिएको भए पनि पहाडी जिल्लाहरुमा भोलि र पर्सी आंशिक बदली हुन सक्ने देखिएको छ ।