देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

देशान्तर

काठमाडौं । राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलीमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो । नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै विद्यमान यो व्यवस्थालाई पनि संसोधन गर्न लागिएको हो ।

मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा (पार्वती),परशुराम मेघी गुरुङ, प्रमिलाकुमारी,रामनारायण विडारी, विन्दा देवी आले(राना),वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर सदस्य रहेका छन् ।

शुक्रबारको बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । सो विधेयक माथिको संशोधन प्रस्तावका लागि पुस १६ गते अपरान्ह १ बजे सम्मको समय निर्धारण गरिएको छ । अर्को बैठक पुस २० गते शुक्रबार दिउँसो १ बजे बोलाईएको छ ।