देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन, निर्मलाको हत्यारालाई कारबाहीको माग

देशान्तर

काठमाडौं–कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।
न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे ।

पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रर्दशन भइरहेका छन् ।