देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चवाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले लिए अवकास

देशान्तर

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गरे ।

उमेरहदका कारण उनको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा मंगलबार संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।