काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइवटा ठूला जहाज खरिद प्रकरणमा एक रुपैँया पनि भ्रष्टाचार नभएको दावी निगम प्रशासनले गरिरहेको समयमा संसदको सर्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले जहाज खरिद प्रकरणदेखि अहिले सम्म मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीहरुमाथि कारवाहिगर्न सिफरिस गरेको छ ।
वाईडबडी बिमान खरिदमा अनियमितता भएको ठहर लेखा समिति अन्तर्गतको उपसमितिले गरेको छ । समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत तीन सचिवलाई कारवाही सिफारिस गरेको छ ।
त्यसैगरि पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारवाही सिफारिस भएको छ । तीन सचिवमा कृष्णप्रसाद देवकोटा, प्रेम राई र शंकर अधिकारी रहेका छन् । देवकोटा बहालवाला पर्यटन सचिव हुन् भने राई र अधिकारी तत्कालिन पर्यटन सचिव हुन् ।
विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भए पनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ ।
वाइड वडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमितिले गठन गरेको थियो ।
उपसमितिले तयार पारेको प्रतिवेदन बुधबार(भोलि) ११ बजे बस्ने लेखा समितिको बैठक पेश गर्नेछ । एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको छ ।
विमान निर्माता कम्पनीसँग विमान गरिद गर्दा लिइएको बिल पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमले समितिमा पेश नगरेकाले अझै भ्रष्टाचार भएको रकम बढ्न सक्ने संभावना रहेको समितीका सदस्यले जानकारी दिएका छन् ।





प्रतिक्रिया