काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो । उनी टेलिकममै प्रबन्धक पदमा कार्यरत थिए ।
साउन २९ गते सरकारले कामिनीराज भण्डारीलाई बर्खास्त गरेपछि उक्त पद खाली थियो । पाँच महिनादेखि रिक्त प्रबन्ध निर्देशक पदपूर्तिका लागि तीन सिफारिस भएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वको समितिले टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका कर्मचारी डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको थियो ।





प्रतिक्रिया