देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लागुऔषध ओसारपोसार, आतंककारी गतिविधि रोक्‍न गृह मन्त्रालयलाई निर्देशन

देशान्तर

काठमाडौँ संघीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिकी सभापति शशी श्रेष्ठले सशस्त्र प्रहरी सेवामा कार्यरत कर्मचारीको नियमावली अनुसारको वृत्ति विकासका अवसर प्रदान गर्दै सशस्त्र प्रहरी बललाई राज्यले प्रदान गरेको भूमिका प्रभावकारी रुपले निर्वाह गर्ने कार्यमा गृह मन्त्रालयले नीतिगत नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल नेपालले राज्यले दिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आएको समितिको ठहर छ।