देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवालाई देशभित्रै आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ श्रम मन्त्री : विष्ट

देशान्तर

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवालाई देशभित्रै आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । पोखरामा श्रम तथा रोजगार कार्यालयको बिहीबार उद्घाटन गर्दे विष्टले यस्तो बताएका हुन्

उक्त कार्यालयले बिहीबारदेखि नै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ।कार्यालयको उद्घाटन गदै श्रम मन्त्री विष्टले सरकारले आगामी पाँच वर्षभित्र देशभित्रै रोजगारीमार्फत युवालाई आत्मानिर्भर बनाउन लक्ष्य लिएको बताएका छन्।

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगारका अवसर सिर्जना गर्ने र बेरोगारीको अन्त्य गर्ने समेत बताए।

सरकारले आगामी पाँच वषभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य गदै देशभित्र व्यवस्थित रोजगारीका अवसर निर्माण गर्ने प्रतिवद्धतासमेत जनाए।