देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीमा भर्ना हुन बाँकेआएका सुर्खेतका एक युवकको घाँटी रेटी हत्या

देशान्तर

काठमाण्डौं । नेपाल प्रहरीको सिपाहीमा भर्नाका लागि सुर्खेतबाट आएका एक युवाको हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीमा भर्ना हुनका लागि ठकुरी केही दिनअघिदेखि कोहलपुरमा रहेको आफन्तको घरमा बस्दै आउनुभएको थियो । शुक्रबार साँझ घरबाट निस्केका उहाँको शनिबार बिहान शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।