देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीबाट छुट्टिएर गएका नेताहरुलाई पार्टीमा फर्कन विवेकशील साझाको आह्वान

देशान्तर

ठमाडौंः विवेकशील साझा पार्टीले पार्टीबाट छुट्टिएर गएकाहरुलाई फर्कन आह्वान गरेको छ। पार्टी कार्यालय बखुण्डोलमा शनिबार पत्रकार सम्मेलन गरेर विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले पार्टीबाट छुट्टिएर गएका उज्वल थापालगायत नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका हुन्।

वैकल्पिक शक्ति निर्माणका क्रममा आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु हुन सक्ने भन्दै उनले त्यस्ता मतभेदलाई वार्ताबाटै समाधान गर्न सकिने बताए। पार्टी विभाजनपछि औपचारीक सम्बाद समेत नभएको संयोजक मिश्रले जानकारी गराए।

पार्टी फुटका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा। सूर्यराज आचार्य भक्कानिएका थिए। झण्डै १७ महिना अघि गठन भएको पार्टीका संयोजक मध्येका एक उज्वल थापाले हिजो नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए। मिश्रले वैकल्पिक पार्टी निर्माण गर्ने क्रममा अवरोध भएको बताए।