देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य खराब भएपछि डा केसीलाई अस्पतालमा सारियो

देशान्तर

काठमाण्डौ । इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि अस्पतालमा सारिएको छ। डा केसीलाई इलाम अस्पतालमा सारिएको हो।

इलामको सहरी विकासको भवनमा अनसनरत डा केसीलाई बिहान ९ बजे अस्पताल सारिएको हो।

डा केसीले आफू बिरामी नभएको र माग पूरा गर्न आग्रह गरेका छन्। अस्पताल जान डा केसीले असहमति जनाए पनि उनको खस्कँदै गएको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकहरुले जबरजस्ती अस्पताल लगेका हुन्।

डा केसी अनसनको आज छैठौ‌ं दिन हो। डा केसीको मुटुको चालमा गडबडी देखिएको छ भने छातीको संक्रमणले गाँज्दै लगेको डा रामकृष्ण आचार्यले बताए।