देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८ वर्ष पुगेकालाई फौजी तालिम दिऊँ नयाँ शक्तिका संयोजक :भट्टराई

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपालीलाई फौजी तालिम दिनुपर्ने बताएका छन् ।

राजधानीमा सोमबार आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा बोल्दै उनले सबैलाई मिलिसियाको रुपमा तयार पार्नुपर्नेमा जोड दिएका हुन् ।

डा। भट्टराईले बाह्य शक्तिबाट बच्न सेना र हातहतियारमा खर्च गर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ ।’

नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्वराजदूत प्रद्युम्न शाहले शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए ।