देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवतीलाई दिल्लीको जिबीरोडको बेश्यालय पुर्‍याउने युवा पक्राउ

देशान्तर

काठमाडौं नेपाली युवातीलाई भारतका बेश्यालयमा बेच्ने एकजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले सुनसरी धरान नगरपालिका १७ का सन्तोष राईलाई धरानबाट पक्राउ गरेको हो। राईले नेपाली युवतीलाई भातरको दिल्लीस्थित जिबि रोडको बेश्यालयमा पुर्‍याउने र त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ।

राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।