काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थी एक लाख घुसरकम सहित पक्राउ परेकी छिन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित एन इम बि बैंकको पार्किङ्ग एरियाबाट पन्थीलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजस्व रकम कम गरिदिने बहानामा सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहीसँग घुस रकम माग गरेको बताइएको छ ।
सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहिसँग लिएको १ लाख घुस रकम आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएको आयोगले जनाएको छ । अख्तियारले पन्थीकी छोरी पोषण पन्थीलाई पनी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान शुरु भएको अख्तियार दुरुपयोग अुनसन्धान आयोगले जनाएको छ





प्रतिक्रिया