देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विरोधका बीच प्रधानमन्त्रीले गरे चोभारमा बन्दरगाहको शिलान्यास

देशान्तर

काठमाडौं । स्थानीयको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् । विरोध चोभार संरक्षण समितिको अगुवाइमा भएको हो ।

यसअघि राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका थिए । चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् । चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता विपरित प्रधानमन्त्रीले ओलीले बन्दरगाह निर्माणको शिलान्याय गरेको बताएका छन ।

उनले विद्यमान समस्याको समाधान नभई सुख्खा बन्दरगाह उपयुक्त भए नभएको निर्णयमा पुगिनसकिएको अवस्थामा भूमिगत शैलीमा योजनाको शिलन्याय गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे । स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम निर्धारित समय भन्दा ढिला भएको थियो ।

स्थानीयको आन्दोलन पछि चोभार क्षेत्रमा बाक्लो सुरक्षाकर्मीका बिचमा प्रधानमनत्री ओलीले सिलान्यास गरेका हुन । स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन गर्दै आएका छन् । पक्राउ गरिएको स्थानीयलाई कालीमाटि प्रहरी कार्यलयमा राखिएको छ ।