देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वतको माल्ढुंगा बस दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

देशान्तर

काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति दुःख व्यक्त गरेका छन्।

म्याग्दीको बेनीबजारदेखि नारायणगडका लागि छुटेको ग१ख ६१०८७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतक परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवादसमेत ज्ञापन गरेका छन्।

दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्। घाइतेहरुको, बागलुङ, पोखरा र काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।