काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै ९ दिनयता इलाममा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ ।
अनसनको नवौं दिनसम्म पनि सरकारको तर्फबाट कुनै पहल नभएपछि पूर्व(प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज इलाम गएका छन् । । डा। केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि काठमाडौं ल्याउने पहल गर्न इलाम गएका हुन् । डा। केसीले माने आजै हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी नागरिक अगुवाहरुको छ । सरकार र डा। केसीसितको यसअघिको वार्ता पनि पूर्व उपकुलपति माथेमाकै पहलमा मिलेको थियो ।
यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा डा। केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको जनाएको छ । डा केसीलाई तत्कालै आइसियू भएको अस्पतालमा सार्नुपर्ने चिकित्सकको सुझाव दिएको छ । पछिल्लो परीक्षण अनुसार डा। केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भएको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको डा विजेन्द्र कुमार शाहले जानकारी दिए ।





प्रतिक्रिया