देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिहान ३ बजे काडमाडौँ ल्याएर डाक्टर केसीलाई शिक्षण अस्पतालमा भर्ना

देशान्तर

काठमाण्डौँ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उहाँलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए ।

१० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पुगेका थिए ।

उनीहरुको अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ आउन मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिए । सुरुमा केसी काठमाण्डौ आउन तयार नभए पनि प्राध्यापक माथेमाको आग्रहपछि आउन तयार भएको उनले बताए ।