देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्ध नाराबाजी गर्दे डा. गोविन्द केसीका समर्थक सडकमा

देशान्तर


काठमाडौं– सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा शनिबार राजधानीको माइतीघरमा जुलुस निकालिएको छ ।

डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।

चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।