१० माघ, काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् ।
१५ दिनदेखि अनसनरत डा। केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् ।
उनले पत्रमा लेखेका छन्, मलाई आशा छ, समय र सत्ता फेरिँदा मुद्दा पनि फेर्नेहरुको बहकाउ र भ्रममा परेर प्रतिनिधिमुलक संस्थाले निर्णय गर्ने छैन ।
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा। केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’
उनले लेखेका छन्, ‘जहाँसम्म काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने कुरा छ, सरकारले ५ वर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज खोल्नुपर्छ र निजीको हममा आयोगले अध्ययन गरी विभिन्न विकल्पहरुसहित आवश्यक निर्णय गर्न सक्छ । म त सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भधनेर निरन्तर लडिरहेकै छु ।’
आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा। केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्ऽ नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्भिmएका छन् । ‘सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट आज तपाईंहरू संसदमा हुनुहुन्छ,उनले भनेका छन्, ‘एउटा नागरिकको रुपमा मैले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिनँ । तपाईं सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला ।
डा। केसीले चिकित्सा शिक्षा विधेयकमा संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी ऐन ल्याउन सांसदहरुलाई अपील गरेका छन् ।





प्रतिक्रिया