देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेट्रो रेलको डीपीआर तयार गर्न ग्लोबल टेन्डर आह्वान

देशान्तर


काठमाण्डौ । सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक रुटमा मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।
कोरियन कम्पनीको सम्भाव्यता अध्ययनको आधारमा १२ किलोमिटर लामो यस रुटमा मेट्रो रेलको डीपीआर तयार गर्न रेल विभागले ग्लोबल टेन्डर आह्वान गरेको हो । विभागले निकालेको ग्लोबल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिनसक्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।आर्थिक र प्राविधिक प्रस्तावमा उत्कृष्ट ठहरिने कम्पनीले डीपीआर निर्माणको जिम्मा पाउने रेल विभागले जनाएको छ ।