काठमाडौं– सरकारले ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका हुन् ।
शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूर सञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अव त्यसलाई सदुपयोग गरेर अघि बढन पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पारे ।
खन्ने र पुर्ने काममा मात्रै बजेट खर्च हुने गरेकाले त्यसलाई अन्त्य गर्न पनि सरकारले दूर सञ्चार क्षेत्रको पूर्वाधार निर्माणका लागि ठोस योजना बनाउन छुट्टै कम्पनी बनाउने सोच अघि सारेको मन्त्री बास्कोटाको भनाई छ ।





प्रतिक्रिया