देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा.केसीको जीवन रक्षाको माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र

देशान्तर

काठमाडौंः अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरूले राष्ट्रपति विद्यादेवि भण्डारीलाई ज्ञापनपत्र दिएका छन्। सरकारले पटक–पटक सम्झौता गरेर पनि केसीका माग पूरा नगरेको भन्दै चिकित्सकहरूले राष्ट्रपतिसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डे, रेजिडेन्ट डक्टर्स एसोसियसन न्याम्सका अध्यक्ष डा. शरदचन्द्र बराल र जुनियर रेजिडेन्ट वेलफेर सोसाइटीका अध्यक्ष डा। कबिराज पौडेलले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्। केसी १७ दिनदेखि अनशनमा छन्।