देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा मासु पसलमा तास खेल्ने १० पक्राउ

देशान्तर


काठमाण्डौ । भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित मासु पसलमा तास खेलिराखेको अवस्थामा प्रहरीले ६ बुक ताससहित १० जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–४ राममन्दिर घर भई हाल च्यामासिंहमा मासु पसल सञ्चालन गर्दै आएका ३६ वर्षिया सुदर्शन शाहीको मासु पसलमा तास खेलिराखेको अवस्थामा ७३ हजार २१० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए।