देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चट्याङबाट मकवानपुरमा दशजना घाइते

देशान्तर


काठमाण्डौ । मकवानपुर जिल्लाको दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङबाट दशजना घाइते भएका छन्। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा भिन्दाभिन्दै समयमा परेको चट्याङबाट दशजना घाइते भएका हुन्। भीमफेदी गाउँपालिका ९ भदौरेमा शनिबार विहान चट्याङ लागेर पाँचजना घाइते भएका छन् भने पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

चट्याङ लागेर भीमफेदीमा एक बालकसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन्। घाइते मध्ये कृष्णबहादुर प्रजाको हेटौंडा अस्पतालमा र अरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रहरीका अनुसार चट्याङका कारण राक्सिराङ गाउँपालिका १ भूमिथुमका ५ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय सुन्तली थिङ, बीरबहादुर बल, बसन्त बल, ठूलीमाया र १ वर्षको बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। राक्सिाराङमा १५ जनालाई चट्याङ लागे पनि अरुको अवस्था सामान्य रहेको उनले जनाएको छ।