देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फोरजीमा करोडौंको खेलः अर्थसमितिले माग्यो बिवरण

देशान्तर

काठमाडौँ । नेपाल टेलिकमको फोेरजी सेवा विस्तारमा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्काटाले हस्तक्षेप गर्दै करोडौं रकमको हिनामिना गर्ने तयारी गरेको संसदको अर्थ समितिले जनाएको छ । बाँस्कोटाका कारण फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता हुन लागेको भन्दै उनीमाथि सांसदहरूले नै औंला ठड्याएका छन् ।

नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि लाग्ने लागतमा सांसदहरूले प्रश्न उठाउँदै सांसदहरूले सेवा विस्तारको काममा पूनर्मूल्यांकन गर्न भनेका छन् । संसद्को अर्थ समितिको बैठकले नेपाल टेलिकमको फोरजी सेवा विस्तार र यसको लागत सम्बन्धमा आयोजित छलफलमा उनीहरूले टेलिकमको फोरजी विस्तारको लागत प्रतिस्पर्धी कम्पनीको तुलनामा महँगो हुनुको कारण मागेका छन् । फोरजीको लागत महँगो भएकाले प्रतिस्पर्धी कम्पनीलाई उछिनेर नाफा आर्जन हुने सम्भावना कम रहेको भन्दै मन्त्री बाँस्कोटालाई बैठकमा बोलाएर निर्णय सच्याउने निर्देशनसमेत दिएका छन् ।

बाँस्कोटाले निजी टेलिकम कम्पनी एनसेलले २१ सहरमा फोरजी अपग्रेड गर्दा तीन अर्बको हाराहारीमा काम सकिनु पर्नेमा २३ अर्बको लागत देखाएका छन् । उनले टेलिकममार्फत १२ महिनामा देशभर फोरजी विस्तार गर्नुपर्ने सर्तका साथ कम्पनीसँग सम्झौता गर्न लागेका छन् । सम्झौता केही दिनभित्र भइसक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । एनसेलले अहिले भएको संरचनामा अपग्रेड गरी नाफा कमाएको र बजार पनि कब्जा गरिसकेको अवस्थामा लागत धेरै हुँदा टेलिकमले कसरी मुनाफा आर्जन गर्न नसक्ने गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम बजारमा एक्लो नभए पनि सस्तोमै सेवा विस्तार गर्न सकिने अवस्थामा कम्पनीलाई नै डुवाउने गरी सम्झौता गर्न लगिएको छ । समितिको बैठकमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खरिद ऐनमा १५ प्रतिशतभन्दा भेरिएसन गर्न नमिल्ने भनी उल्लेख भएकाले अपग्रेडको प्रक्रियामा जान नसकिएको बताएका थिए ।

चीनको हुवावे कम्पनीले विस्तार गरेको नर्टोक अपग्रेडका लागि टेन्डर गर्न नमिल्ने भन्दै अर्को कम्पनीलाई मोटा कमिसनमा ठेक्का दिन लागिएको हो । टेलिकम कर्मचारीका अनुसार काठमाडौं र पोखरामा तीन सय ८७ वटा बीटीएस टावर अपग्रेड गरी फोरजी सेवा विस्तार गर्दा ७० करोड रुपैयाँ लागेको छ । त्यसमा टेलिकमले ४५ करोड तिरेको बाँकी उक्त कम्पनीले निःशुल्क गरिदिएको छ । अहिले फोरजी विस्तारका लागि टेलिकमले ६७ सय ३७ साइट छुट्ट्याएको छ ।

यो लागतमा अपग्रेड गर्ने हो भने १२ अर्ब रुपैयाँ खर्च लाग्छ । अहिले टेलिकमले १९ अर्बको हाराहारीमा फोरजी विस्तारको सम्झौता गर्दैछ । त्यसमा टावर र पूर्वाधारसहित ६ सय ४० वटा टावर निर्माण हुनेछन् र त्यसको लागत तीन अर्ब ५० करोड हुन्ेछ । पावरको पूर्वाधार बनाउन तीन अर्ब ३७ करोड लागत अनुमान गरिएको छ । यसैगरी ट्रान्समिसन पूर्वाधार ९६ करोडमा किन्न लागिएको छ ।

बाँस्कोटाको निर्देशनमा टेलिकमले ६७ सय ३७ बीटीएस र करिब पाँच हजार साना क्षमताका टावर किन्न लागेको छ । जसको लागत १० अर्बभन्दा बढी पर्छ । त्यसमा पनि अहिले तयारीमा रहेको फोरजी सय एमबीपीएस मात्रै हो । तर, मन्त्री बाँस्कोटाले भने टेलिकमले सुरु गर्न लागेको फोरजी टेन्डर अब कुनै पनि बहानामा नरोकिने दाबी गरेका छन् ।