देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

देशान्तर

काठमाण्डौ । डा. गोविन्द केसीले अघि सारेको चिकित्सा शिक्षा र सेवा सुधारको मागलाई समर्थन गर्दे सोलिडारिटी फर डा। केसी एलाइन्सले शनिबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको छ।

डा. केसीले अनशन तोडे पनि उनले उठाएको चिकित्सा शिक्षा सुधारको माग पुरा हुनुपर्ने भन्दै उनीहरुले प्रर्दशन गरेका हुन्। संसद्बाट पारित विधेयक फिर्ता गर्न माग गर्दै उनीहरुले प्लेकार्डसहित नारा लगाएका थिए। प्रदर्शनका सहभागीहरुले नागरिक हक खोस्न पाइदैन, चिकित्सा शिक्षामा व्यपारिकण गर्न पाइदैन, खबरदारी जारी जस्ता प्लेकार्ड बोकेका थिए।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले यसअघि भएको सहमति कार्यान्वयन गर्न सरकार पछि हटेको भन्दै प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका थिए। चिकित्सा सुधारको माग गर्दै गत पुस २५ गतेदेखि अनशन बसेका डा केसीले शुक्रबार एकतर्फी रुपमा अनशन अन्त्य गरेका थिए।

केसीका समर्थक उज्जल थापाले डा केसीले अनशन तोडेपनि माग कायमै रहेको बताए। उनले अवको आन्दोलन नागरिकको पक्षबाट लडिने दाबी गरे।