देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा सरकारी गाडीमा आगजनीगर्ने , ५ जना पक्राउ

देशान्तर


काठमाण्डौ । पोखरा महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको सरकारी गाडीमा शनिबार नेपाल विद्यार्थी संघले आगजनी गरेको छ । सरकारी गाडी चल्न नदिने पूर्व निर्धारित कार्यक्रम अनुसार संघका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर आगो लगाएका हुन् । महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएका बेला पोखरा– ७ मासबारस्थित श्रीकृष्ण मावि अगाडि बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको हो । नयाँ बजारस्थित नवप्रभात माविमा संचालित स्वास्थ्यका कर्मचारीहरुको विभिन्न ५ वटा विज्ञापनका परीक्षार्थीको लिखित परीक्षाको केन्द्राध्यक्ष आचार्यलाई गाडी लिन गएको थियो