देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३३ किलो सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ

देशान्तर


काठमाडौं । ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरी पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दियो। उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनीसहित थप केहीलाई पनि नेपाल प्रहरीले रेड कर्नर नोटिसमा राखेको छ। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।