काठमाण्डौ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई प्रश्न गर्दै भन्नुभयो—मन्त्री ज्यु जेरी र लड्डुको रङ कहिले देखि परिवर्तन भयो ?।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपालमा उत्पादन हुने कृषि उत्पादनमा सामान्य विषादी देखिए पनि डरलाग्दो प्रयोग भने नरहेको बताए ।
उपत्यकाको काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौसहित तराईको सर्लाही लगायतका ठाउँमा उत्पादन भएका तरकारीमा अन्य स्थानकोभन्दा केही बढि विषादी प्रयोग गरेको पाइएको बताए ।
सरकारले विषादीको मापदण्ड समेत तयार पारेर अघि बढेकाले प्रयोग भएको विषादी पनि बिस्तारै पूर्णतः बन्देज गर्दै लगिने बताए । विषादीको वर्गिकरण गरेर रातो संकेत लगाइएको विषादी डरलाग्दो र निलो रंगको संकेत लगाइएको विषादी तुलनात्मक रुपमा सामान्य भनेर वर्गिकरण गरिएको मन्त्री खनालले बताए ।
मन्त्री खनालले विषादी वर्गिकरण रातो र निलो रंगमा गरिएको भनेर बताएसँगै प्रश्न गर्ने पालो पाएका कांग्रेसका सांसद मिनेन्द्र रिजालले काठमाण्डौमा पाइने रातो रंगका जेरी र लड्डु पनि सेवनका लागि डरलाग्दो हो ? भनेर सोधेका थिए ।
रातो र पहेँलो रंग देखिने जेरी र लड्डु सेवनका लागि डरलाग्दो बनेको हो ? भन्दै उहाँले अब कहिलेदेखि जेरी र लड्डुमा हरियो र निलो रंगको प्रयोग हुन्छ भनिदिनुस् भनेर मन्त्री खनाललाई प्रश्न तेर्साएका थिए ।





प्रतिक्रिया