देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

देशान्तर

काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका(२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका(२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।