देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाराजगंजबाट लागुऔषधको कारोबारमा संलग्न पक्राउ

देशान्तर


काठमाडौं : काठमाडौंको महाराजगंजबाट प्रहरीले अनम्यान भेइकल ड्रोन को सहयोगमा लागुऔषधको कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरानका जिनिस गुरुङ रहेका छन्। उनलाई प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गुरुङ आफैँ पनि लागुऔषध दुर्व्यसनी भएको र लामो समयदेखि उनले आफू बस्ने कोठाबाटै अरूलाई समेत ड्रोन क्यामेराको सहयोगमा लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीले गुरुङको कोठाबाट १ थान ड्रोन, ३ ग्राम खैरो हेरोइन, एक थान लागुऔषध जोख्ने डिजिटल मेसिन, २४ ओटा विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा, विभिन्न खाले लागुऔषध ट्याब्लेट र एक लाख नगद रुपैयाँ बरामद गरेको छ।