काठमाण्डौ ,सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि नियुक्ति प्रकिया पूरा गर्न साढे २२ सय जनाको नाम सर्ट लिस्टमा निकालेको छ।
हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।
गत माघ ४ देखि १८ सम्म परेको आवेदनको आधारमा सर्ट लिस्ट निकालेको हो। आवेदन आवश्यकताभन्दा तीन गुणा बढी आएको थियो।
पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो ।
सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो ।
फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।





प्रतिक्रिया