देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अरुण तेस्रोको सुरक्षाप्रति भारतको चासो

देशान्तर

काठमाण्डौ । भारतले संखुवासभा जिल्लामा निर्माणाधीन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षालाई लिएर चासो व्यक्त गरेको छ ।

भारतका केन्द्रीय राज्यमन्त्री आरके सिंहले भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नयाँदिल्लीमा भएको शिष्टाचार भेटमा चासो व्यक्तगरेका हुन् ।

भारतीय सरकारी कम्पनी सतलजको लगानीमा निर्माण भइरहेको ९०० मेगावाट जडित क्षमताको उक्त आयोजनाका कार्यालयहरूमा समयसमयमा भइरहेको भौतिक आक्रमणलाई लिएर भारतले चासो व्यक्त गरेको हो । गत साता परियोजनाको तुम्लिङटारस्थित साइट कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

उक्त भेटमा सँगै रहेका एक सरकारी अधिकारीका अनुसार मन्त्री पुनले लगानीको सुरक्षाका लागि जुनसुकै किसिमको कदम चाल्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत अरुण तेस्रो परियोजनाको उत्पादन लाइसेन्स भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत् निगम पावर डेभलपमेन्ट कम्पनीले पाएको थियो । परियोजनाको औपचारिक शिलान्यास गत वर्ष दुवै मुलुकका प्रधानमन्त्रीले गरेका थिए ।

सतलज र नेपाल सरकारबीच भएको परियोजना विकास सम्झौता ९पीडीए० अनुसार स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा निर्माण हुने यो परिजोनाको स्वामित्व २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।