देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी प्रधान कार्यालयद्धारा १२ जना एसपीको काज सरुवा

देशान्तर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १२ जना एसपीको काज सरुवा गरेको छ । सरुवा अनुसार ६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, रौतहटमा भुपेन्द्र खत्री, कञ्चनपुरमा दिनेश आचार्य, मकवानपुरमा मुकेशकुमार सिंह तथा बागलुङमा कृष्णहरी शर्मा पोखरेललाई खटाइएको छ ।

त्यस्तै धुव्रराज राउतलाई हेटौंडा गण, दिपकराज खरेललाई १ नम्बर गण, योगबहादुर पाललाई प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैया, कुबेर कडायतलाई पहरा गण सामाखुशी र केदार ढकाललाई अपराध महाशाखामा सरुवा गरिएको छ ।