धनुषा । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी ११ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका, ३ हरिहरपुरकी बालिका दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो ।
फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश, २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । “हत्यारा नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने । घटनामा संलग्न रहेको आंशकामा केही व्यक्ति पक्राउ परेका छन् । रासस





प्रतिक्रिया