काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल हेरफेर गर्ने तयारी थालेका छन । पछिल्लो पटक केही बिभागिय मन्त्रीहरु माथी पार्टी स्तरबाटै आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री, कृषि तथा पशुपक्षिंमन्त्री, भूमिसुधार मन्त्री तथा पर्यटन मन्त्री परिवर्तन गर्ने गर्ने गहृकार्य सुरु गरेका छन ।
उनले यो बिषयमा औपचारिक आज वा भोली निर्णय गर्ने तयारी गरेका छ । यी मन्त्रीहरु लगातार विवादमा परेको र केहीले सोचेजस्तो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले उनिहरुलाई हटाएर नयांमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन ।





प्रतिक्रिया