काठमाडौं । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु सेवा बहिष्कार गर्दै थप आन्दोलित भएका छन् ।
उनीहरुले आजबाट मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । ७२ घण्टे अल्टिमेटम हिजै साँझ ५ बजे सकिएपनि माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको उनीहरुको भनाई छ । आफुहरुको माग सम्बोधन नभएसम्म सेवामा नफर्कने चिकित्सकहरुको अडान छ । गत पुस ३० गते स्वाथ्य मन्त्रालय र गोदानबीच ८ बुँदे लिखित सहमत भएको थियो ।
स्वास्थ्य मन्त्रालयले पुनः दरबन्दी सिर्जना गरेर चिकित्सकहरुलाई योग्यता र दक्षता अनुसार स्थानीय तह र प्रदेश लगायतका खटाउनुपर्ने मुख्य मागमै दुई पक्ष बीच सहमति हुुन सकेको छैन ।





प्रतिक्रिया