देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेलिकप्टर दुर्घटनाका ४ शव सुकेटार ल्याइयो,हिउँ पर्न थालेपछि कठिनाइ

देशान्तर

काठामाडौँ । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाएर सुकेटार ल्याएको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

अन्य तीन शव ल्याउने तयारी भए पनि मौसमका कारण कठिनाई भइरहेको उनले बताए ।

अहिले घटनास्थलमा हिउँ पर्न थालेको र कुहिरो लाग्न सुरु भएकोले बाँकी शव उद्धारको सम्भावना कम रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।